नेपाललाई ब्याटिङको निम्तो
काठमाडाैं | असार ९, २०८०
तस्बिर फाइल
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले टस हारेको छ । टाकाशिंगा स्पोर्ट्स क्लबमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेको छ । टस हारेको नेपालले केही बेरमा ब्याटिङ थाल्नेछ ।
समूह ‘ए’ बाट सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्ने दबाब छ । नेपाल पराजित भए बाहिरिनेछ । आज नेपालले जितेमा र अन्तिम खेलमा पर्सि सोमबार नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित भए नेपाल सुपर सिक्समा पुग्नेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनले हारेको थियो ।
समूह ‘ए’ मा दुवै खेल जितेका वेष्ट इन्डिज पहिलो र जिम्बावे दोस्रो स्थानमा छन् । नेदरल्याण्ड्सले २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । त्यस्तै ३ खेलमा दुई अंक जोडेको नेपाल चौथो र ३ खेलमा जितविहिन रहेको अमेरिका पुछारमा छ ।
आजको अर्को खेलमा घरेलु टोली जिम्बावे र वेस्ट इन्डिज खेल्दैछन् । हरारेमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेको छ । जिम्बावेले पहिला ब्याटिङ गर्ने भएको छ । आजको विजेता टोली एक खेल अगाडि नै सुपर सिक्समा पुग्नेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् । हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्सका खेलपछि शीर्ष दुई टोली विश्वकपमा पुग्नेछन् ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

